काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा ६ जनाको सामूहिक हत्या गरिएको रुकुम पश्चिम घटनाविरुद्ध परेको मुद्दाको सुनुवाई आजबाट निरन्तर हुँदैछ ।
काठमाडौं जिल्ला अदालतमा रुकुमपश्चिमको सोती गाउँमा भएको अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या गरिएकोविरुद्धको रिटमा आजबाट सुनुवाइ हुन लागेको हो ।
आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् भने त्यसपछि प्रतिवादीहरुको तर्फबाट बहस सकिएपछि फैसला सुनाइनेछ ।
२०७७ साल जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुमपश्चिमको चौरजहारी पुगेका थिए । तर नवराजसहितको टोली सोती गाउँ पुग्दा गाउँलेहरुले लखेटेर ६ जनाको हत्या गरेका थिए । भने १२ जना घाइते भएका थिए ।
उक्त घटनामा संलग्नताको आधारमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुमपश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको अभियोगमा मुद्दा दायर भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा २३ जना पुर्पक्षका लागि कारागारमा रहेका छन् भने सोही बेला ११ जनालाई तारेखमा छाडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया