छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित ५ जना पक्राउ

लोकपथ
21
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ बैंक चोकबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १२ ग्राम ४० मिलिग्राम सहित सोही महानगरपालिका–१६ यादव टोल बस्ने १८/१८ वर्षीय २ जना किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८३ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेतकोट नगरपालिका–६ बस्ने २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका–१० सिसैया बस्ने २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?