काठमाडौं । बाँकेबाट चरेश र अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–८ पिपिरीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १२ केजी ७ सय ४ ग्राम र अफिम जस्तो देखिने पदार्थ २ केजी ४५ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीय कबिता थापा रहेका छन् ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया