आर्थिक मन्दीको असर : लाभांश वितरणमा बैंकहरुको कन्जुस्याई, कसको लाभांश कति ? (हेर्नुहोस सूचिसहित)

लोकपथ
585
Shares

काडमाडौं । आर्थिक मन्दीका कारण नाफा घट्दा बैंकहरुले लाभांश वितरणमा कन्जुस्याई गर्न थालेका छन् । गत वर्षदेखि अर्थतन्त्रमा आएको मन्दीले बैंकहरुको निक्षेप तथा कर्जा प्रवाहसँगै खुद मुनाफा पनि घट्दा बैंकहरुले लाभांश वितरणमा कन्जुस्याई गरेका हुन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरु मध्येमा हालसम्म १० वटा बैंकहरुले मात्र आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफा मध्येबाट लाभाँश वितरणको घोषणा गरेकोमा सबैको लाभांश कम देखिएको छ ।

सो मध्ये नबिल बैंकले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट ११ प्रतिशत नगद लाभांश वितरणको घोषणा गर्दा नेपाल एसबिआई बैंकले छ दशमलव आठ प्रतिशत नगद र तीन दशमलव ७५ प्रतिशत बोनस सेयर कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गरेको छ । यसैगरी ग्लोबल आईएमई बैंकले आठ प्रतिशत नगद र एक प्रतिशत बोनस सहित कुल ९ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गर्दा स्टान्र्डड चार्टड बैंकले १९ प्रतिशत नगद लाभाँश वितरण गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफा मध्येबाट सिद्धार्थ बैंकले चार दशमलव २१ प्रतिशत नगद लाभांश घोषणा गर्दा सिटिजन्स बैंक इन्टरनेशनलले पाँच दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसैगरी एनआईसी एशिया बैंकले एक दशमलव ५२ प्रतिशत नगद लाभांश र २९ प्रतिशत बोनस सेयर सहित कुल ३० दशमलव ५२ प्रतिशत लाभाँश वितरणको घोषणा गर्दा सानिमा बैंकले पाँच दशमलव सात प्रतिशत नगद र नौं प्रतिशत बोनस सेयर सहित कुल १४ दशमलव सात प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ ।

एभरेष्ट बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट १० दशमलव ५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरणको घोषणा गर्दा माछापुच्छ्र्रे बैंकले भने शुन्य दशमलव ७५ प्रतिशत नगद र १३ दशमलव तीन प्रतिशत बोनस सहित कुल १४ प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?