दुर्गा प्रसाईंको दाबी– ‘मंसिर ३० गते जनसरकार घोषणा, फागुन १ गते व्यवस्था परिवर्तन’

लोकपथ
217
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुुर्गा प्रसाईंले मंसिर ३० गते नागरिक सरकार घोषणा गर्नेदेखि हिन्दूराष्ट्र घोषणासम्म गर्ने योजना रहेको दाबी गरेका छन् ।

राष्ट्र, राष्ट्रिय, धर्म संस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले आज आफ्नो निवास बालकोटमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।

प्रसाईंले आगामी मंसिर ३० गते जनसरकार घोषणा गर्ने र फागुन १ गते राजाको हातबाट दियो बालेर वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्दै यो व्यवस्था परिवर्तन गर्ने दाबी गरे ।

‘झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।’ प्रसाईंले भने ।

त्यस्तै आफ्नो पहिलो चरणको आन्दोलन सकिएको र आफूहरुले आफ्ना विरुद्ध लाग्ने समूहलाई परास्त गर्न सफल भएको दाबी गरे ।
प्रसाईंको नेतृत्वमा गत मंसिर ७ गते बल्खुबाट आन्दोलन सुरु भएको थियो । काठमाडौंका विभिन्न स्थानमा आन्दोलन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?