इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार आवश्यक : अध्यक्ष दर्लामी

लोकपथ
28
Shares

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष डा. हरिबहादुर दर्लामीले इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ५४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

सम्पूर्ण इन्जिजियरिङ कमिटी पनि सुधारको बाटोमा गइरहेको भन्दै उनले पारिश्रमिक प्रक्रियामा सुधार हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले बजारमा जसरी इन्जिनियरको पारिश्रमिकको कुरा चलिरहेको छ, पारिश्रमिक दिने जुन प्रक्रिया छ, त्यसबाट हामी अलि सुध्रन आवश्यक छ । सम्पूर्ण इन्जिजियरिङ कमिटी सुधार गर्ने बाटोमा हामी गइरहेका छौं ।’

आउने दिनमा एशोसिएसनले भूकम्प प्रभावित क्षेत्रलाई कसरी पुननिर्माण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएर अगाडि बढ्ने बताए ।

उनले भने, ‘अबको दिनमा कसरी भूकम्प प्रभावित क्षेत्रलाई हामीले पुननिर्माण गर्न सक्छौं भन्ने कुरामा सरोकारवालाहरुसँग सल्लाह गरे अगाडि जाने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?