राष्ट्रको हित र जनताको समृद्धिका लागि क्रियाशील छौं’

लोकपथ
42
Shares

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका महासचिव पुष्पराज सुवेदीले राष्ट्रको हित र जनताको समृद्धिका लागि क्रियाशील रहन आफूहरुको संस्थाको उद्देश्य रहेको बताएका छन् ।

आज पूर्वसुरक्षाकर्मी परिषद् नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रको सुशासनको अवस्था खस्किँदै जानु, सुरक्षाकर्मीहरुको जीवन निर्वाहका लागि आवश्यक सेवा सुविधामा कमी रहेको कारणले पारिवारिक दैनिकी कष्टकर हुनु, संगठित सुरक्षा निकायहरुले आफ्नो हक अधिकारका निम्ति राज्यसमक्ष आफ्नो आवाज उठाउन पाउनुपर्ने बताएका छन् ।

पूर्वसुरक्षाकर्मीहरुले खोलेका संगठनहरु प्रायः दल वा राजनीतिक पार्टीहरुको टे«ड युनियन जस्तो हुनाले राष्ट्र, राष्ट्रियता र संगठनको हक हितमा समेत आवाज उठाउन नसक्नु तथा राष्ट्र र राष्ट्रियता गुम्ने खतरा बढेको महशुस भएपछि सम्पूर्ण निकायका पूर्व सुरक्षाकर्मीहरुको एउटा स्वतन्त्र संगठन आवश्यक भएकाले आफूहरुले संस्था स्थापना गरिएको उनले बताए ।

स्वदेश र विदेशका सुरक्षा निकायबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्मीलाई एउटै छातामुनि गोलबद्ध भर्ई राष्ट्र र राष्ट्रियताको सुरक्षा, सुरक्षाकर्मीहरुको हकहित, आर्थिक पारदर्शिता र कुशल नेतृत्वको विकास गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाएर राष्ट्रको हित र जनताको समृद्धिका लागि क्रियाशील रहनु संगठनको लक्ष्य रहेको उनले उल्लेख गरे ।

यो संस्थाले स्थापना कालदेखि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु माथि भएको हमला र उनीहरुको जोखिम भत्ता सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

यस्तै, कोभिड खोप र स्वास्थ्य सामग्री खरिदमा देखिएको अनियमितताको खबरदारी गरिएको, नागरिकता वितरण विधेयक खारेजीको माग गरेको, पूर्व सुरक्षाकर्मी र आश्रित परिवारको हितका लागि प्रधानसेनापतिसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको जस्ता कल्याणकारी कामहरु गर्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?