सभापति पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब युवा पुस्तालाई पालो दिनुपर्छ : महामन्त्री शर्मा

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।

शनीबार कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले सभापति देउवाले ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले र आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने ‘‘आदरणीय सभापतिले ५र५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शीरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरु या आउ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले भन्न सक्नुपर्छ ।’,

लुम्बिनी प्रदेश सम्मेलनमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए ।

महामन्त्री शर्माले सबैभन्दा बढी भगवान गौतम वुद्धको आशिर्वाद सभापतिको शीरमा माग्नेवाला भएको तर सभापति गइसकेको भन्दै व्यंग्यसमेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?