१८ फाल्गुन २०८०, शुक्रवार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो

२०८०,मङ्सिर,१६,शनिवार १७:२७

54
Shares

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरी करिब २ महिनामा छायाङ्कन सकिएको हो ।

फिल्मको छायाङ्कन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुसी साटेको थियो । शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले इन्ड क्ल्याप गरेका थिए ।

यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डङ्गोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईं लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मको छायाङ्कन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाइ दिने बताएका छन् ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रूपमा राजु पराजुली, रमा प्रसाईं र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रवीण भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ । राम्रो टिम भएकाले राम्रोसँग छायाङ्कन सकियो, अब फिल्मको पोस्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताएको छ ।

 

प्रकाशित मिति: २०८०,मङ्सिर,१६,शनिवार १७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ ।बिहीबार सार्वजनिक

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र

काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा

काठमाडौं । पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०