छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना.७ ख ८२४१ नम्बरको टिपरले ना.३२ प २७८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक विश्रामपुर गाउँपालिका-५ बस्ने २७ वर्षीय श्रीराम प्रसाद गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-४ सानो महुबारीमा लु.१ क १७१८ नम्बरको सिद्दार्थ प्रतिभा ईङलिस हाई स्कुल सूर्यपुराको बस र लु.३७ प ८४८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका सानो महुबारी बस्ने २३ वर्षीय ईसाद महमद र मोटरसाइकलमा सवार १७ वर्षीया रूबिना खातुनको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रूपन्देहीको रोहिणी गाउँपालिका-४ छिपागढस्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २०३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रेको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित सडकमा भकुन्डेबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय यमुना प्रसाद धितालको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखाको सहिदलखन गाउँपालिका-३ सिलिङस्थित सडकमा सिलिङबाट मझुवादेउरालीतर्फ जाँदै गरेको ध.१ त १२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार गण्डकी गाउँपालिका-३ बस्ने २९ वर्षीय पदम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको सुरूङगा नगरपालिका-४ कदमाह चोकमा म.प्र.-०१-००१ ख ०३६७ नम्बरको ट्रकले अनटेष्ट लेखिएको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ कुशाह बस्ने ३० वर्षीय मो.हारुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?