बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत

लोकपथ
133
Shares

बैतडी । बैतडीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाटन नगरपालिका-३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लुहारले ती किशोरीलाई मङ्सिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?