१८ फाल्गुन २०८०, शुक्रवार

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा महिला पक्राउ

२०८०,मङ्सिर,१६,शनिवार १७:०८

54
Shares

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल बिहीबार पक्राउ परेकी छन् ।

सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उक्त कार्यमा संलग्न मुना कुमारीलाई बाँके नेपालगंजबाट पक्राउ गरेको हो ।

मुना कुमारीले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने गरेको तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिकासहित २ जना युवतीलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१६,शनिवार १७:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सडक सञ्जाल बिकासको माध्यमबाट कर्णाली प्रदेशका सबै सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा

सर्लाही । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४

कास्की । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०