लागुऔषधसहित २ जना पक्राउ

लोकपथ
49
Shares

पर्सा । लागुऔषधसहित वीरगन्जमा २ जना पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ४० मिलिग्रामसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २४ वर्षीय समिप श्रेष्ठ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनरूवा र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?