१८ फाल्गुन २०८०, शुक्रवार

सरकार, प्रतिपक्ष र अरु दल सकसमा परेकाले मध्यावधिको कुरा उठेको हो : पूर्व सभामुख ढुंगाना  

२०८०,मङ्सिर,१६,शनिवार १६:२८

36
Shares

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले मध्यावधि निर्वाचनको कुरा उठ्नुमा वर्तमान राजनीतिक सकस एउटा कारण रहेको बताएका छन्। त्यो सकसको निकास खोज्न मध्यावधि निर्वाचनको चर्चा सुरु भएको हुनसक्ने ढुंगानाको बुझाई छ ।

पूर्व सभामुख ढुंगानाले नेपाल न्यूज बैंकसँग भने– ‘मलाई मध्यावधि निर्वाचन चर्चामा आएको जस्तो लाग्दैन। चर्चा भएकै भएपनि यो एउटा प्रारम्भिक अवस्थामात्रै हो। त्यसले अहिले आकार लिईसकेको छैन। मध्यावधिको कुरा उठ्नुमा अहिलेको राजनीतिक सकस एउटा कारण हो। त्यो सकसले निकास खोजेको हो।’

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम पुगेर संगठनका नेता र कार्यकर्तामाझ बोल्दै आगामी निर्वाचन र उस्तै परे मध्यावधि निर्वाचनका लागि समेत तयार भएर बस्न निर्देशन दिएका थिए। पूर्व प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको चर्चा सुरु गरेका हुनाले राजनीतिमा भित्रभित्रै केही पाकिरहेको छ भन्ने बुझ्न सकिन्छ।

पटक पटक संसद बिघटन प्रयाश गरेर असफल भएका अध्यक्ष ओली वर्तमान संसद पनि वीचैमा बिघटन गरेर मध्यावधि निर्वाचन भए त्यसपछि हुने निर्वाचनमा निर्णायक शक्तिका रुपमा उदय हुने आकांक्षा राख्छन् भन्दा अन्यथा नहुने विश्लेषकहरुको बुझाई छ।

२०४८ को निर्वाचनपछि बनेको प्रतिनिधिसभाका सभामुख ढुंगाना संसदले पूर्णकाल काम गर्न पाउनु पर्छ भन्ने मान्यता राख्छन्। तर साढे तीन वर्ष पनि पूरा नहुँदै २०५१ सालमा प्रतिनिधिसभा बिघटन भयो र देश मध्यावधि निर्वाचनमा गयो। त्यसबेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बिघटनको सिफारिस गरेका थिए।

पूर्व सभामुख ढुंगाना भन्छन्– ‘यो संविधानमा मध्यावधिको व्यवस्था छैन। प्रधानमन्त्रीले सिफारिस गरेर संसद विघटन गर्न सक्ने अवस्था पनि छैन। पूर्ण कार्यकाल संसद चलाउने संवैधानिक व्यवस्था हो। तर, संसदका सबै सदस्यले चाहेमा अवधि पूरा नभए पनि मध्यावधिमा जान सक्ने व्यवस्था छ।’

ढुंगानाको धारणामा ‘अहिले नै मध्यावधि निर्वाचनमा जाने अवस्था आएको छैन। योे सबै अहिलेको राजनीतिको सकस हो। संविधानले नै बहुमत ल्याउने आधार दिएन। गठबन्धनको संस्कृति पनि राम्रो छैन। जसले अहिले सरकारको नेतृत्व गरिरहेका छन् त्यो पनि ठूलो दल गठबन्धनमा छ। त्यसभित्र पनि दबाबहरु छन्।

प्रधानमन्त्रीले ठूलो दलबाट सहयोग नपाउने अवस्था पनि हुन्छ। अर्कोतिर ठूलो दल प्रतिपक्षमा छ जसले चुनावमा छिटो जानपाए अहिले भन्दा राम्रो स्थिति बनाएर सरकार बनाउने हिसावकितावमा त्यो दल हुनसक्छ।’

पूर्व सभामुख ढुंगानाले भने– ‘फेरी नयाँ पार्टीका रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ पार्टीहरु पनि मध्यावधिमा जानपाए आफ्नो पार्टीको स्थिति अहिले भन्दा राम्रो हुन्छकि भनेर सोचिरहेका होलान्। तीन ठूला पूराना पार्टीलाई भोट नदिने लहर अघिल्लो निर्वाचनमा देखियो। त्यसले विकसित रुप लिन सक्छ भन्ने उनीहरुलाई लागेको होला। जे भएपनि अहिले सत्ता बडो सकसमा छ। जो प्रधानमन्त्री हुनुहुन्छ उहाँपनि सकसमा हुनुहुन्छ। जो गठबन्धनमा बसेका छन्,नेपाली कांग्रेस त्यो पनि सकसमा छ। प्रतिपक्ष पनि सकसमा छ। सारा संसद नै सकसमा छ।’

पूर्व सभामुख ढुंगानाको भनाई छ– ‘संविधानले संसद पूर्ण कार्यकाल सञ्चालनको व्यवस्था गरेको छ। त्यसकारण मध्यावधि निर्वाचनको चर्चाका कारणहरु छन। सरकारले पूर्ण कार्यकाल काम गर्नु नै राम्रो हो। यदी अहिले मध्यावधि निर्वाचनमा जाने हो भने संविधान नै संशोधन गर्नुपर्छ र निर्वाचन पद्धतिमा आमूल सुधार गर्नुपर्छ। जसका लागि दलहरुकै राजनीतिक सहमति चाहिन्छ।’

प्रकाशित मिति: २०८०,मङ्सिर,१६,शनिवार १६:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०