१८ फाल्गुन २०८०, शुक्रवार

कसैले चाहँदैमा राजतन्त्र फर्कँदैन : निधि

२०८०,मङ्सिर,१६,शनिवार १६:०४

27
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् ।

आज बेल्को होम अप्लायन्सेसको शाखा उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अब नेपालमा कसैले सोच्दैमा राजतन्त्र फर्किनेवाला छैन । गणतन्त्र नेपाली जनताले ल्याएको हो । यो निरन्तर रुपमा कायम रहन्छ । काठमाडौंको कुनै गल्ली र चोकमा यसो जुलुस निकालेर केही हुँदैन ।’

नेपाली जनताले बलिदान गरेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली निरन्तर रहने बताए ।

‘अहिले सबै राजनीतिक पार्टीले सातवटै प्रदेशलाई प्रहरी संगठन दिने पहिलो काम गर्नुपर्ने छ । सातवटै प्रदेशमा उसको आफ्नो कर्मचारी प्रशासन हुनुपर्यो, यो दुईवटा काम तत्काल आवश्यक छ’ निधिले भने, ‘यसका लागि मधेश प्रदेशले धेरै पहिलादेखि आवाज उठाउँदै आएको छ । यो संविधानमा लेखिएको काम नै हो ।’

प्रदेशमा कुनै कम्पनी खोल्नु पर्यो भने काठमाडौं जानु नपरोस्, प्रदेशकै राजधानीमा त्यसको फैसला होस् भनेर त्यसका लागि स्थानीय स्तरमै कर्मचारी प्रशासन चाहिने नेता निधिले बताए ।

सकेसम्म आफ्नो देशमा नै रोजगारी गर्नुपर्नेमा जोड दिंदै उनले बाहिर गएर सिकेका सीप नेपाल आएर सदुपयोग गर्न सकिने बताए ।

पढेर बाहिर गएर काम गर्ने प्रचलन बढेको भन्दै नेता निधिले तर आफ्नो स्थानमा त्यही शिक्षा प्रयोग गरेर खेतीको आधुनिकीकरण गर्ने, उत्पादनमूलक काम र व्यवसाय गर्ने चलन नरहेको र यही कमजोरी भएको बताए ।

एनआरएनए कुनै बंैक नभइ संस्था भएको र यसले पनि लगानी गर्न खोजेको छ भन्दै निधिले यसरी व्यवसायीकरण र औद्यागीकरणको लागि जजसले प्रयास गर्छ,साथ दिनुपर्ने बताए ।

‘व्यापार र व्यवसायलाई फराकिलो गर्दै लाने हो भने रोजगारको अवसर प्राप्त हुन्छ’ उनले भने, ‘त्यसका लागि सबै जना लाग्नुपर्छ ।’

प्रकाशित मिति: २०८०,मङ्सिर,१६,शनिवार १६:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०