जलवायुजन्य असर बढाउन भूमिका नभए पनि त्यसको असरबाट नेपाल पीडित छ : प्रधानमन्त्री

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् । यूएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै नेपालको भनाइ राखेका हुन् ।

उनले पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको भन्दै यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको बताए ।

उनले भने,‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने संकट आइसकेको छ ।’

सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्नेमा उनले जोड दिए ।

सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिने भनाइ उनले राखे ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?