तेस्रो अन्तरराष्ट्रिय वाटर कलर फेस्टिबल सुरू

लोकपथ
42
Shares

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ ।

शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय जलरङ्ग समाज (आईडब्लूएस) नेपालले आयोजना गरेको पाँच दिने महोत्सव उद्घााटन गरिएको हो ।

महोत्सवमा ३९ देशका तीन सय ४० कलाकृतिहरु प्रदर्शनी गरिने छ । विदेशी ३० सहित झण्डै दुई सय कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

बेलायत, म्यान्मार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार महोत्सवमा सहभागिता जनाउन नेपाल आइसकेका छन् ।

अन्तर्राष्ट्रिय जलरङ्ग समाज (आईडब्लूएस) नेपालको आयोजनामा हुन लागेको कला महोत्सव २० मंसिरसम्म चल्नेछ ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले कलाकारिता क्षेत्रको व्यापक विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘अहिले सरकारको प्रतिनिधिको रुपमा मैले काम गर्दै गर्दा मैले कहाँनेर उभिनुपर्यो । यसको अरु व्यापक विकास र विस्तार गर्नका निमित्त तपाईंहरुले जुन मेहनत गर्नुभएको छ यसमा सरकारले सहयोग गर्ने छ ।’

उनले आफू राजनीतिक क्षेत्रमा नै व्यस्त रहँदा कलाकारिता क्षेत्रमा अत्यन्तै पछाडि परेको अनुभव भएको भन्दै भने, ‘म राजनीतिक क्षेत्रमा लागेको मानिस धेरै पछाडि रहेछु । बग्गी तान्ने घोडाजस्तो एकोहोरो राजनीतिमा मात्र लाग्यौं तर यति अथाह क्षेत्र रहेछ । कलाकारिता क्षेत्रमा हेर्दा म अत्यन्तै पछि परेको अनुभूति भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?