२० मङ्सिर २०८०, बुधबार

विश्वकपको पुरस्कार राशी अब ४० करोड अमेरिकी डलर

२०७४,कार्तिक,१०,शुक्रवार १६:३२

9
Shares

१० कात्तिक – फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मुल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ त्यसैगरी परिषद्ले फिफाका आगामी बर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा शुरु भै जुलाई ७ मा सकिने छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार १६:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकार खेलाडिहरुले राम्रो सुविधा व्यवस्थापनका लागि नीति निर्माणमा लागि परेको बताएका छन्

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्र्तगत आज हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा

काठमाडौं । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथीको इभेन्टसमा आनन्द धाख्वाले स्वर्ण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनभित्रमा पाउने दाबी गरेका छन्

ताजा समाचार