साताको सेयर बजार : नेप्से १८ सय ५८ अंकमा, सात अर्ब ३८ करोडको सेयर खरिद-बिक्री

लोकपथ
78
Shares

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सेयर बजारले यो साता पनि लगानीकर्ताहरुमाझ कुनै उत्साह ल्याउन सकेन । साताको सुरुवाती कारोबार नेप्से उच्च अंकले बढ्दा यो साता सेयर बजार सुखद हुने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए । लगानीकर्ताहरुको अपेक्षा बिपरित त्यसपछिका दिनहरुमा भने सेयर बजार लगातार ओरालो लाग्यो, जसले गर्दा लगानीकर्ताहरु निराश भए । सोही आधारमा यो साता बजार परिसुचक १८ सय ५८ दशमलव ५३ बिन्दुमा खुम्चिन पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५६ दशमलव शुन्य आठ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा यो साता कुल दुुई सय ९४ वटा कम्पनीहरुको दुई लाख ३३ हजार दुई सय ४३ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड ५२ लाख ३१ हजार ९६ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम सात अर्ब ३८ करोड ४४ लाख ५८ हजार १८ रुपैंयाँ ४२ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा तीन अर्ब रुपैयाँले मात्र बढी हो । गत साता कुल चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ रुपैंयाँको सेयर किनबेच भएको थियो । उक्त साता दुुई सय ९४ वटा कम्पनीहरुको एक लाख ७४ हजार चार सय १० पटकको कारोबारमा एक करोड ५६ लाख २८ हजार चार ६२ कित्ता शेयर खरिद–बिक्री हुुंदा सो परिमाणमा रकम कारोबार भएको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा नियमित कारोबारको लागि यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन उच्च अंकले बढेको नेप्से त्यसपछिका दिनहरुमा भने लगातार ओरालो लागेको थियो । पहिलो दिन ४७ दशमलव ७५ अंकले बढेर १९ सय सात दशमलव ९५ अंकका कायम रहन सफल भएको नेप्से दोस्रो दिन भने ११ दशमलव २७ अंकले घटेर १८ सय ९६ दशमलव ६७ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पुन दुई दशमलव १७ अंकले घटेर १८ सय ९४ दशमलव ५३ अंकमा सिमित भएको नेप्से चौंथो दिन पनि १७ दशमलव तीन अंकले घटेर १८ सय ७६ दशमलव ६० अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन पनि नेप्से १८ दशमलव शुन्य छ अंकले घटेर १८ सय ५८ दशमलव ५३ अंकमा खुम्चिएको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव ८३ अंकले बढेर तीन सय ६४ दशमलव ८१ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने दुई दशमलव १२ अंकले घटेर तीन सय ६२ दशमलव ६९ अंकमा सिमित हुन पुगेको थियो । तेस्रो दिन पनि शुन्य दशमलव ८६ अंकले घटेर तीन सय ६१ दशमलव ८५ अंकमा खुम्चिन पुगेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि दुई दशमलव ९६ अंकले घटेर तीन सय ५८ दशमलव ८९ अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स दुई दशमलव ८० अंकले घटेर तीन सय ५६ दशमलव शुन्य आट अंकमा खुम्चिन पुगेको थियो ।

यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?