बुटवल । रुपन्देहीमा स्कुल बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले लोकपथलाई जानकरी दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी २० वर्षीया अप्सरा खातुनको भैरहवामा उपचार भइरहेको छ ।
घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको डीएसपी भट्टले बताए ।
ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया