सरकारले दुई तिहाईको दम्भले मिडियालाई आतंकित पार्ने काम गर्यो : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आंशका गरे । 

उनले भने,‘कता–कता यो सरकारले दुई तिहाईको दम्भले मिडियालाई आतंकित पार्ने काम गरेको आंशका उत्पन्न भएका छन् । यो धेरै दुःखद् हुन जान्छ ।’

लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाउनको लागि सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ । उनले भने,‘आफ्नो असफलता लुकाउनको लागि सरकारले सत्ताको दम्भ देखाउनुभएन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?