काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामै रहने भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशहरुको राय बाझिएसँगै उनी थुनामै रहने भएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको राय बाझिएपछि उनी थुनामै रहने भएका हन् । त्यस्तै अब अर्का न्यायाधीशको इजसालमा उक्त मुद्दा सुनुवाई भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने भन्ने निर्णय हुने बताइएको छ ।
त्यस्तै सोही प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित ८ जनालाई पुपर्क्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया