काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका भुटानी नेता टेकनाथ रिजाललाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ ।
ज उच्च अदालत पाटनले उक्त प्रकरणमा पुपर्क्षका लागि थुनामा रहेका रिजाललाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
रिजाल ७६ वर्ष रहेको र मानसिक स्वास्थ्यका हिसाबले पनि कमजोर रहेका कारण उनलाई छाड्न आदेश दिएको हो ।
त्यस्तै सोही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाँणको हकमा भने न्यायाधीशहरुबीच राय बाझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया