काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई छाड्ने की थुनामा राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझिएको छ ।
आज उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो ।
नक्कली भुटानी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये १७ जनालाई पुपक्र्षका लागि धुनामा र तीन जनालाई छाड्न यसअघि नै जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।
प्रतिवादीहरु बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित २० जनाले पुपक्र्षका लागि थुनामा पठाृउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया