काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर अन्तिम साता गर्नुपर्ने तोकिएको छ ।
निर्वाचन आयोग नेपालले राष्ट्रिय सभा निर्वाचनका लागि आगामी मंसिरका लागि दल दर्ता गर्नुपर्ने बताएको हो ।
यसअघि नै आयोगको सिफारिसमा सरकारले आगामी माघ ११ गतेका लागि निर्वाचन तय गरेको छ । राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आगामी फागुनदेखि राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुँदैछ । सदस्यहरुको पद रिक्त हुनु एक महिना अगावै खाली रहने पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन हुन लागेको हो ।
आयोगले स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
आयोगका अनुसार आगामी पुस १ दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यस्तै १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
आयोगले पुस २० गते उम्मेदवारी दर्ता गर्ने भनेको छ । साथै यसबारेमा थप निर्णय हुनसक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया