संसदीय समितिमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।शुक्रबार समिति सभाकक्ष सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा यसबारे छलफल भएको हो ।

बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले अपूर्ण प्रतिवेदनमाथि छलफल गरेको संकेत गर्दै समितिको अर्को बैठकसम्म पूर्ण गर्ने जानकारी दिइन् ।उनले प्रतिवेदनमाथि छलफलले आफूलाई झन् महत्वपूर्ण विषय महसुस भएको भन्दै प्रतिवेदनलाई पढ्न लायक बनाएर राष्ट्रिय सभामा पेस गर्ने बताइन् ।

उनले भनिन्, ‘प्रतिवेदनलाई हामीले पूर्ण बनाउनु पर्छ । पूर्ण भएपछि पेस गर्न लायक बनाएर सदनमा लानुपर्छ । यो यति धेरै महत्वपूर्ण छ । अहिले छलफल गर्दा झन् अझ धेरै मलाई महत्वपूर्ण लाग्यो । अर्को बैठकमा हामी पूर्ण गरेर आउने छौ ।’

समिति सदस्य देवेन्द्र दाहालले उत्तरविधायिकी परीक्षण संसारकै ध्यान तान्ने विषय भएकाले यसलाई अन्तर्राष्ट्रिय रुपमा अध्ययन गर्न सकिने बताए । उनले यस विषयमा संसदीय समितिलाई, अध्ययनको क्षेत्रहरु बनाएर अध्ययन गर्न सुझाव दिए ।

उनले भने, ‘संसारकै ध्यान खिच्ने विषय भएकाले यसलाई हामीले अन्तर्राष्ट्रिय रुपमा नै अध्ययन गर्न सकिन्छ । यसलाई औपचारिकतामा सीमित नराखेर नेपालमा कानूनी व्यवस्था के थियो, समस्याहरु के छन्, संसदीय समितिले अध्ययन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?