मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टद्वारा नेपाल भ्रमण

लोकपथ
49
Shares

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ ।

नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा, ओलिभरले कर्मचारी र अभिकर्ताहरूसँग भेटघाट गर्ने लगायत धेरै कार्यक्रमहरुमा भाग लिनु भयो, जसले नेपालमा मेटलाइफका सबै सरोकारवालाहरूलाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ ।

ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष हुन् । उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा सेवा गरे । उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिंगहरू भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य हुन र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?