काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतवार) ७७ वटै जिल्लामा एक साथ हस्ताक्षर संकलन गर्दैछ ।
हिन्दू राष्ट्र माग गर्दै सरकारलाई विभिन्न २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले पहिलो चरण अन्तर्गत चैत २३ गतेसम्म हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, दिउँसो १ बजे काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम गरी राप्रपाले अभियान शुरु गरेको हो ।
पार्टी अध्यक्ष कमल थापाले भने प्रदेश ३ को अस्थायी राजधानी समेत रहेको गृहनगर हेटौँडाबाट अभियानको शुरुवात गर्दै छन् भने ७७ जिल्लामा अभियान चलाउने राप्रपाले भोलिबाट स्थानीय तहबाट पनि हस्ताक्षर संकलन गर्ने जनाएको छ ।
यसैगरी ७७ जिल्लाका सदरमुकाम, सात प्रदेशका मुकाम र सिंहदरबारमा १ घण्टा २५ गते धर्नाको कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।
स्थानीय तहमा धर्ना र वैशाख ८ गते राजमार्गहरुमा २ घण्टाको सत्याग्रह गर्ने राप्रपाको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया