कलेजहरुको लापरवाहीविरुद्ध सडकमा उत्रियो नेविसंघ, ११ जना पक्राउ

काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरुको लापरवाहीका कारण परीक्षा दिनबाट बञ्चित ३ सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नदिन नेपाल विद्यार्थी संघले थालेको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ ।

काठमाडौंको मध्य बानेश्वरस्थित एपेक्स कलेज अगाडीबाट प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरु नवराज त्रिपाठीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनिष सिंखडा, चेतराज कँडेल (सुजन), पौवल बज्राचार्य, अर्बत खड्का, केयुर न्यौपाने, कृष्ण पुडासैनी, सरोज थापा, प्रशान्त थापा, दिपेश ओलि, निराज घिमिरे र सुरज ऐर रहेका छन् ।

नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ समेत गरेका थिए । प्रहरी हिरासतमा रहेका साथीहरू लाई तुरुन्त रीहा नगरे आन्दोलनको आधिबेहारी ल्याउन हामी बाध्य हुने नेविसंघका निर्वतमान अध्यक्ष शुसिल भट्टले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?