काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाई प्रक्रिया शुरु गनै बोलाइएको संसदीय सुनुवाई समितिको बैठक सारिएको छ ।
आइतवार बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा दुईदिन पछि सारिएको हो । समितिको अर्को बैठक मंगलवार दिउँसो २ बजेसम्मको लागि स्थगित गरिएको हो ।
संवैधानिक परिषदको केही दिनअघिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा परिषद सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन् ।
यही चैत १० गते निर्वतनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले अवकाश पाएका थिए ।
आयोगको रिक्त प्रमुख आयुक्त पदमा थपलियालाई सिफारिस गरिए थियो भने आयुक्त पदमा भने कसैलाई सिफारिस गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया