काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राई ८० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको सब-इन्जिनियर राईलाई ८० हजार रुपैयाँ घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको हो ।
राईलाई अख्तियारको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
घर निर्माण सम्पन्न भएपछिको प्रमाणपत्र दिएबापत राईले सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया