विवाईडीद्वारा ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन

लोकपथ
78
Shares

काठमाडौं । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता विवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ ।

यस रेकर्डले बिद्ध्युतिय सवारी उद्योगको विकासमा विवाईडीको प्रतिबद्धताको निरन्तरता देखाउने बताईएको छ ।

कम्पनीले न्यू इनर्जी भेहिकलको उत्पादन मात्रै तिन महिनामा १० लाख गरेको छ । तीन महिना अगाडीसम्म ५० लाख भेहिकल निर्माण गरेको कम्पनीले हाल ६० लाख वटा निर्माण गरेर द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ। कम्पनीले विएओ ५ एसयूभी ६० लाख उत्पादन गरेको हो । यो एसयूभीको ६० लाख उत्पादन उपलब्धिको खुसि प्रतिनिधि कर्मचारीहरुले एकआपसमा बाँडेका थिए । कम्पनीले विभिन्न ब्राण्डहरु बजारमा उपलब्ध गराउँदै आएको छ ।

यस्तै कम्पनीले अक्टोबरमा मात्रै ३ लाख भन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्रि रेकर्ड हासिल गरेको थियो । प्रबिधिमा अग्रणी स्थान लिंदै कम्पनीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको जनाएको छ । सन् २०१० बाटै कम्पनीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको बिद्युतीयकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ। विवाईडीको बिद्युतीय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दाबढी देशको ४०० भन्दा बढी शहरहरूमा संचालनमा छन् ।

यसैगरि विश्वमा पहिचान बढाउँदै कम्पनीले न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा आफ्नो पहुँच बढाएको छ। हाल, ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरि २ लाख भन्दा बढी गाडीहरु बिक्री गरिसकेको कम्पनीले जनाएको छ । न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरुमा महत्वपूर्ण जीत पनि हासिल गरिसकेको छ ।

कम्पनीले ब्लेड बैटरी, डीएम–आइ सुपर हाइब्रिड सिस्टम, इ–प्लेटफर्म ३.०, सेल टु बडी टेक्नोलजी, ई ४ प्लेटफर्म, बीवाइडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, र ड्युअल मोड अफ–रोड (डीएमओ) सुपर हाइब्रिड सिस्टम, जस्ता नवीन र पर्यावरणमैत्री प्रविधिको विकासमा अग्रणी स्थान हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?