धुर्मुस–सुन्तलीको १५ औँ वैवाहिक बर्षगाँठको उपलक्ष्यमा ‘भगवान कसम’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
3.2k
Shares

काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगोनीु का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ ले आफ्नो दाईभाउजुको १५ औँ वैवाहिक बर्षगाँठको उपलक्ष्यमा ‘भगवान कसम’ बोलको गित कोसेली स्वरुप सार्वजनिक गरेका छन ।

धुर्मुस सुन्तलीको अभिनय रहेको उक्त गितमा स्वर कुमार कट्टेल ‘जिग्री’ र अनु चौधरीको रहेको छ भने उक्त गितका गीतकार दिनेश थपलिया हुन । साथै गितमा अर्जुन पोख्रेलले संगीत भरेका हुन । जनकपुरमा सुटिङ भएको उक्त गितमा सक्किगोनिका कलाकार दिपक आचार्य ुकाकुु ले निर्देशन गरेका थिए ।

जिग्रीको साङ्गितिक यात्रामा यो तेस्रो कोसेली हो । उनको आवाजमा यो भन्दा अगावै ुमन्जरीु र ‘मायाले जीवन सजाउ’ बोलको गित समेत सार्वजनिक भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?