नक्कली भुटानी शरणार्थी प्रकरण : भोलि आदेश सुनाइने

लोकपथ
35
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको भोली पनि सुनुवाई हुने भएको छ ।

शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा रहेकाहरुको निवेदनमाथिको बहस आज नसकिएपछि भोलि पनि हुने भएको हो ।

बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले भोली शुक्रबार बहस सकिने र भोली नै आदेश सुनाउने उच्च अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेल जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा पूर्व गृहमन्त्रीदेखी पूर्व गृहसचिवसम्म मुछिएका थिए ।

जसमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्व गृहमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?