जुवातास खेलिरहेको अवस्थमा ५ जना पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । कास्कीबाट जुवातास खेलिरहेको आवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?