काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटा सञ्चारमाध्यम प्रति आक्रोशित भएका छन् ।
मन्त्री बास्कोटाले पछिल्लो समय अनलाईन मिडियाहरुमा हेर्नै नसकिने विषयवस्तुहरु आउन थालेको भन्दै उनले भने, ‘पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयवस्तुहरु आउन थालेको छ, यो त मिडियाको आतंक जस्तो देखियो, वास्तविक पत्रकारहरु समेत लज्जित हुन अवस्था आयो ।’
रिपोटर्स क्लब नेपालको २१ औँ वार्षिकत्सवका अवसरमा आज (आइतवार) राष्ट्रिय प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । साथै उनले प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्न नमिले बताएका छन् ।
‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन, ज्ञानेन्द्रसित तुलना नगर्नुहाला, ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो, कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ, सधैँ यो कुरा किन उठाउनुहुन्छ ?’ उनले भने ।
उनले थप्दै भने, ‘पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयवस्तुहरु आउन थालेको छ, यो त मिडियाको आतंक जस्तो देखियो, वास्तविक पत्रकारहरु समेत लज्जित हुन अवस्था आयो ।’
‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणमा केकेसम्म समाचार छाप्नुभयो, आफ्नो समाचार हेरेर आफैँलाई लाज लाग्दैन ?, मन्त्री बास्कोटाले सञ्चारमाध्यप्रति आक्रोशित हुँदै भने, ‘आफ्नो धोती खुस्किएको थाहा छैन सरकारमाथि ख्याउँख्याउँ, अचम्म लाग्छ बा ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया