रविको आक्रोश : ‘प्रदेश भ्रष्टाचार र कार्यकर्ता भर्तिकेन्द्र बन्यो, यसको विकल्प सोचौँ’ (पूर्णपाठ)

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश संरचना नमान्ने स्पष्ट पारेको छ ।

बुधबार महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले जारी गरेको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना आवश्यक नरहेको भन्दै विकल्पमा सोच्नुपर्ने उल्लेख गरेका छन् ।

‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजाँदैन । त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ । यसको विकल्प सोच्न एक छिन पनि ढिला गर्नु हुन्न ।’ जारी राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

दुखको मूल कारण गरिबी, अशिक्षा, विभेद र भ्रष्टाचार रहेको बताउँदै सबैभन्दा पहिला यसलाई फेर्न पर्ने बताए । त्यस्तै दोस्रोमा कर्मचारीतन्त्र, कुटनीति, अशिक्षा, विभेद मुख्य दोषी रहेका कारण त्यसलाई फेर्न ढिला गर्न नहुने बताए ।
सबै राजनीतिक दलले बल गरेर सबैभन्दा पहिले राष्ट्रलाई विकसित बनाउनुपर्नेमा जोड दिए ।

‘यो देशका आम जनतालाई दुख छ । दुखको मूल कारण गरिबी, अशिक्षा, विभेद, भ्रष्टाचार हो । सबैभन्दा पहिले यो फेर्ने हो । दोस्रोमा कर्मचारीतन्त्र, कुटनीति, अर्थनीति, उद्योग नीति, जलवायु परिवर्तन सम्बन्धी नीति आदी होलान् । यो फेर्दा नपुगे तेस्रो लिस्ट तयार गरौँ र यो क्रमलाई निरन्तर जारी राखौँ । एकपटक सम्पूण बल लगाएर यो देशलाई विकसित राष्ट्र बनाऔँ ।’ जारी प्रतिवेदनमा भनिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?