तराई–मधेश धार्मिक दौडाहमा पूर्वराजा शाह, उद्घाटन समारोहदेखि राजनीतिक भेटघाटमा ओली

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतवार) झापाको दमकबाट इलाम जाँदै छन् भने प्रधानमन्त्री केपी शर्मा ओली आजै काठमाडौंबाट झापा जाँदै छन् । 

पूर्वराजा शाह आजदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको हो । पूर्वी नेपालको भ्रमणमा रहेका शाह केही समययता दमकका आराम गरेर बस्दै आएका थिए । 

उता प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापाको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश १ स्तरीय साहित्यिकरप्राज्ञिक गोष्ठीको उद्घाटन गर्नुका साथै विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै छन् । 

पूर्वराजाका प्रेस संयोजक फणि पाठनका अनुसार पूर्वराजा शाह आज इलाम जाने र चैत १८ गते इलामबाट पाँचथरको फिथिम जाने कार्यक्रम रहेको जानकारी दिए । 

त्यसैगरी, चैत १९ गते बिहान फिदिम गढीमाइको दर्शन गर्ने छन् । फिदिमबाट पूर्वराजा शाह  इलाम फर्किने र २० गते इलामै बस्ने कार्यक्रम रहेको प्रेस संयोजक पाठनले जानकारी दिए । 

त्यस्तै चैत २१ गते बिहान इलामको माइ मन्दिरको दर्शन गरेर दमक फर्किने कार्यक्रम तय भएको छ । साथै पूर्वराजा शाहले त्यहाँ आफ्ना समर्थहरुसँग समेत भेटघाट गर्ने तय भएको बताइएको छ । 

यसअघि पूर्वराजा शाहले गत फागुन २९ गतेदेखि चैत ३ गतेसम्म तराई–मधेशका विभिन्न जिल्लाहरुको भ्रमण गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?