१८ फाल्गुन २०८०, शुक्रवार

कोशी टप्पुमा आउन थाले विदेशी चरा

२०८०,मङ्सिर,१४,बिहीवार ११:०५

45
Shares

विराटनगर । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने क्रम सुरु भएको छ । दुर्लभ चराहरुको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन् ।

चखेवा, जलहाँस, बिजुला गोइरी, श्वेत आँखी भुइँलगायत जातका चरा कोशीटप्पु क्षेत्रमा देखिएका छन् । यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिन थालेको आरक्ष कार्यलयले जनाएको छ ।

मंसिर महिना लागेसँगै चराहरुको आउने क्रम सुरु भएको आरक्षका अधिकारीहरुले जनाएका छन् । चराहरु आउने क्रम माघ दोस्रो सातासम्म रहन्छ ।

केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरु देखिएका छैनन् । आरक्ष क्षेत्रमा रहेका सिमसारहरु सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरुको भनाइ छ ।

नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्यांक छ । तीमध्ये कोशीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरु पाइन्छन् । हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ । यस क्षेत्रमा विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन् ।

हिउँदका बेला विभिन्न देशबाट एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेको आरक्षले जनाएको छ । चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका आगन्तुकहरु आरक्ष क्षेत्रमा आउने गरेको सुनसरीको बराहक्षेत्रका भीष्म अधिकारी बताउँछन् ।

सिमसारहरु व्यवस्थित गर्दै चरा र वन्यजन्तुहरुको संरक्षणका लागि केन्द्रीयदेखि स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् । यसैगरी आरक्ष क्षेत्रमा रहेका जलाशय र सिमसारमा रहेका माछा स्थानीय बासिन्दाले संकलन गर्ने भएकाले चराको आहारामा कमी आएको हो ।

सिमसारहरु सफाइ गर्ने पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको जनाइएको छ । स्थानीय जनप्रतिनिधि भने स्थानीय सरकारको अधिकार र बजेट कटौती जस्ता कारणले चाहेर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा संरक्षणको काम अपेक्षित रुपमा गर्न नसकिएको बताउँछन् ।

पर्याप्त बजेट र अधिकार दिइए आरक्ष क्षेत्रको विकासमा स्थानीय सरकारले गर्न सक्ने काम धेरै रहेको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ छ ।

२०६५ भदौ २ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थान प्रभावित भएको थियो । त्यसयता आरक्ष क्षेत्र आसपास मानवीय गतिविधि बढ्नुले पनि प्रभाव परेको जनाइएको छ ।

चराको स्वर्ग भनेर चिनिने कोशीटप्पुमा चरा गणना पनि गर्ने गरिएको छ । चराविज्ञ र प्राविधिकसहितको टोली सहभागी भएर हालसम्म ३३ पटक आरक्ष क्षेत्रका चरा गणना गरिएको छ ।

 

प्रकाशित मिति: २०८०,मङ्सिर,१४,बिहीवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सडक सञ्जाल बिकासको माध्यमबाट कर्णाली प्रदेशका सबै सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा

सर्लाही । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४

कास्की । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०