संसदीय समिति बैठक : गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने

लोकपथ
21
Shares

काठमाडौं । संघीय संसदका दुई समितिको आज बैठक बस्दै छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछन् ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट, रुकुम पश्चिम सहितका जिल्लाहरुमा भूकम्पबाट भएको जनधनको क्षति, भूकम्प प्रभावित व्यक्तिहरुको उद्वार, घाईतेहरुको उपचार, पीडितहरुलाई उचित राहत, पुर्नस्थापना र क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको सम्बन्धमा त्यहाँ देखिएका समस्याहरुबारे उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने कार्यसूची राखेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समितिका आगामी कार्ययोजनाको सम्बन्धमा आजको बैठकमा छलफल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?