एनएसएल : धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा

लोकपथ
35
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हराएको थियो ।

यस्तै, आइतबार नै भएको दोस्रो खेलमा एफसी बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । एफसी बुटवल लुम्बिनीलाई विशाल श्रेष्ठले कप्तानी गरेका छन् ।

आज साँझ साढे पाँच बजे दुवै टोली दशरथ रंगशालामा आफ्नो जितको लक्ष्यमा प्रतिस्पर्धा गर्दैछन् ।पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

आयोजकले सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?