सुरु भयो एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा (तस्बीरहरु)

लोकपथ
35
Shares

बैतडी । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु  भएको छ ।

यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गरे ।

यात्रामा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष, केन्द्रिय कमिटिका सदस्य, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य लगायतका हजारौं प्रतिनिधिहरु सामेल छन् ।

झुलाघाटबाट हिँडेको यात्रा बिहिबार दिउँसो बैतडी गोठलापनी बजार पुग्ने बताइएको छ । गोठलापानीमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्भोधन गर्ने कार्यसूची रहेको छ ।

एमालेले आज डडेलधुरासम्म यात्रा गर्ने एमाले बैतडीले जनाएको छ ।  देशको अधिकांश भू–भाग ओगटेको मध्यपहाडी क्षेत्रमा गरिने यो यात्राले राष्ट्रिय स्तरमा समृद्धिको सन्देश प्रवाह गर्ने एमालेको दाबी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?