१८ फाल्गुन २०८०, शुक्रवार

कोरियाको दक्षिणपूर्वी सहर ग्योङजुमा भूकम्प

२०८०,मङ्सिर,१४,बिहीवार १०:४८

99
Shares

काठमाडौं । बिहीबार बिहानै कोरियाको दक्षिणपूर्वी सहर ग्योङजुमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पछि त्यहाँको गृह मन्त्रीले सर्तकता अपनाउन तथा पूर्वतयारी गर्न निर्देशन दिएका छन् ।

तर, भूकम्पबाट कुनै क्षति भने नभएको त्यँहाको राज्यको मौसम विभागले जनाएको छ ।सोलबाट २७७ किलोमिटर दक्षिणपूर्वमा रहेको सहरमा बिहान ४ः५५ बजे करिब १२ किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।

त्यसपछि बिहान ५ः५० बजेसम्म पाँच पटक पराकम्प गएको कोरिया मौसम विज्ञान प्रशासनले जनाएको छ ।यो वर्ष कोरियाली प्रायद्वीप वा यसको वरपरको पानीमा आएको यो दोस्रो सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

दमकल अधिकारीहरूले बिहान ५ बजेसम्म १०७ वटा कम्पको रिपोर्ट प्राप्त गरेको तर अहिलेसम्म कुनै क्षति नभएको बताए ।कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावर कम्पनी, आणविक र जलविद्युत प्लान्टको सञ्चालकले भूकम्पले आफ्ना आणविक उर्जा प्लान्टको सञ्चालनमा कुनै असर नपरेको र सामान्य रुपमा चलिरहेको बताएको छ ।

बिहीबारको भूकम्पको केन्द्रविन्दुको ५० किलोमिटरको दायराभित्र सन् १९७८ यता २ म्याग्निच्युड वा सोभन्दामाथिका ४ सय १८ वटा भूकम्प गएको छ ।

गृह मन्त्रालयले आफ्नो केन्द्रीय प्रकोप र सुरक्षा काउन्टरमेजर मुख्यालय, राष्ट्रको विपद् नियन्त्रण टावरको सतर्कता स्तरलाई बढाएको छ । ‘सतर्कता’ को तेस्रो ठूलो भूकम्पको अलर्ट पनि जारी गरिएको छ ।गृहमन्त्रालयले भूकम्पपछिको अवस्था बुझ्न आकस्मिक बैठक बोलाएको छ ।

बैठकमा मन्त्री ली साङ–मिनले क्षतिको तत्काल आँकलन गर्न र आवश्यक पूर्वतयारीका कदम चाल्न सम्बन्धित मन्त्रालय र क्षेत्रीय सरकारहरूसँगको सहकार्यमा गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१४,बिहीवार १०:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुम्बई । बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन् । आगामी लोकसभा चुनावमा उनी भारतीय

काठमाडौं । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध

काठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०