रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले, यस्तो बन्यो सचिवालय

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
रास्वपाको विधानमा २ जना उपसभापति हुने व्यवस्था रहेको छ । सोही अनुसार वाग्लेलाई उपसभापति बनाइएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
त्यस्तै बैठकले सांसद कबिन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र नेता विपिन आचार्यलाई सहमहामन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षहरुमा बसु माया तामाङ र दिपक बोहरा मनोनित भएका छन् ।
च्यस्तै सहप्रवक्ताहरुमा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं रहेका छन् ।
बैठकले पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्र्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता ढकालले बताए ।

यस्तो बन्यो सचिवालय :
१. सभापति : रवि लामिछाने
२. उपसभापति : डिपि अर्याल
३. उपसभापति : डा. स्वर्णिम वाग्ले
४. महामन्त्री : डा. मुकुल ढकाल
५. सहमहामन्त्री : कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री : सुमना श्रेष्ठ
७. सहमहामन्त्री : विपिन आचार्य
८. संसदीय दलको उपनेता : विराज भक्त श्रेष्ठ
९. प्रमुख सचेतक : सन्तोष परियार
१०. कोषाध्यक्ष : लिमा अधिकारी
११. सहकोषाध्यक्ष : बसु माया तामाङ
१२. सहकोषाध्यक्ष : दिपक बोहोरा

सहप्रवक्ताहरु :
मनिष झा
प्रतिभा रावल
रमेश प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?