१८ फाल्गुन २०८०, शुक्रवार

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

२०८०,मङ्सिर,१३,बुधबार १७:५८

72
Shares

काठमाडौं । विश्वप्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अब उप्रान्त आधिकारिक रुपमा बिक्री वितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रुपमा नियुक्त गरेको हो ।

आधिकारिक बिक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्चप्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसँग सहकार्य गरिएको हो ।

‘मोटुल जस्तो विश्वप्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौ’ उनले भने ।

लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो । एक सय ७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । टु–ह्विलरदेखी हेभी ड्यूटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने बिभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपको भनाई छ ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१३,बुधबार १७:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा

काटमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०