१८ फाल्गुन २०८०, शुक्रवार

भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी

२०८०,मङ्सिर,१३,बुधबार १७:४८

0
Shares

काठमाडौं । भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ ।

मंगलबार राति भारतको गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गरे। सतकिय पारी खेलेका गेलेन १ सय ४ रनमा अविजित रहे । त्यस्तै, ट्रविस हेडले ३५ रनको योगदान दिए । कप्तान म्याथ्यु वेडले २८ रन जोडे ।

भारतका रवि विष्नोईले दुई तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक/एक विकेट लिए ।भारतका ऋतुराज गायकवाडले एक सय २३ रनको शतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।

त्यस्तै, कप्तान सूर्यकुमार यादव र तिलक बर्माले क्रमशः ३९ र ३१ रन बनाए ।अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१३,बुधबार १७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोराही । दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल प्रवेश गरेका छन्। घोराही स्थित

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुनः एक पटक ली–निङ्ग १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय -याकिङ्ग ब्याडमिन्टन

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।नामिबियाविरुद्ध ३ रनले विजयी भएसँगै

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०