सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा पनि

लोकपथ
260
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले बुधबार स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका संचालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानिय ग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरी यस कार्र्यक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?