जाजरकोटमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लोकपथ
0
Shares

काठमाडौं । जाजरकोटमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

नलगार्ड नगरपालिका–१ भारगाँउ बस्ने बल बहादुर बिकको टहरामा खाना पकाउन बालेको आगो सल्किएर मंगलबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने काली बहादुर बिक र पूर्ण बहादुर बिकको गरी ३ वटा टहरा जली नष्ट भएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण हाल आउँन बाँकी रहेको प्रहरीले बताएको छ ।प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा गरेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?