अवैध लागुऔषधसहित दुईजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौैं । बझाङबाट अवैध लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्गाथली गाउँपालिका–४ आमरुखबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ ६ केजी ६० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका–९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय सुनिल बोहरा रहेका छन्   ।

ईलाका प्रहरी कार्यलय दुर्घाथलीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?