१९ मङ्सिर २०७९, सोमवार

बाबुरामले सार्वजनिक गरे यस्तो चुनावी घोषणापत्र (पूर्णपाठसहित)

२०७४,कार्तिक,१०,शुक्रवार १६:२५

0
Shares

काठमाडौँ, १० कात्तिक – आगामी पाँच वर्षभित्र गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यसहित नयाँ शक्ति नेपालले आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्य हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने र बेरोजगारीको अन्त्य गर्ने र २५ वर्षभित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु¥याउने सो पार्टीको घोषणापत्रमा उल्लेख छ सो पार्टीले दोहोरो अंकको आर्थिक वृद्धिले मात्रै मुलुकको समग्र राजनीतिक आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण प्रगति हुने दाबी गर्दै त्यसका लागि कृषि, पर्यटन, ऊर्जा, जडीबुटीमा विशेष लगानी गर्नुपर्नेमा जोड दिएको छ नयाँ शक्तिले देशका प्रमुख स्थानलाई केबलकारबाट जोड्ने योजना अगाडि सारेको छ । त्यसमा काठमाडौँदेखि सगरमाथाको आधार शिविरसम्म, दीपायल–खप्तड– रारा, सुर्खेत– जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर– केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारीमा केबलकार निर्माण गरिनेछन् यस्तै मुलुकका सातवटै प्रदेशमा एशियाली मापदण्ड र विशेष पहिचानसहितका सुन्दर प्रादेशिक राजधानीको विकास, हरेक प्रदेशमा अन्तरराष्ट्रियस्तरका विश्वविद्यालय, हरेक प्रदेशमा ५०० श्ययाको ठूला अस्पताल निर्माण गर्नेसमेत नयाँ शक्तिको घोषणापत्रमा समेटिएको छ यस्तै नयाँ शक्तिले प्रदेश नं १ देखि ७ सम्म प्रदेशको विशिष्टताका आधारमा योजनासमेत अगाडि सारेको छ । आधुनिक कृषि प्रणालीको विकास, व्यवस्थित पर्यटन उद्योग, सिँचाइ तथा खानेपानीको सुविधा र वैज्ञानिक भूमिसुधारमार्फत परम्परागत भूस्वामित्वमा परिवर्तन, कृषिमा यान्त्रिकरण, आधुनिकीकरण तथा व्यावसायिक बनाउने लक्ष्यसमेत राखिएको छ वाम–लोकतान्त्रिक चरित्रको राजनीतिक कार्यदिशा नै आफूहरुको मूल राजनीतिक सिद्धान्त रहेको भन्दै नयाँ शक्तिले राजनीतिक आन्दोलनको पूर्णतासँगै आर्थिक विकास र समृद्धिको ढोका खुलेको समेत स्पष्ट पारेको छ आज आयोजित घोषणापत्र सार्वजनिक समारोहमा सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आवश्यकताअनुसार नै घोषणापत्र बनाइएको र त्यसलाई कार्यान्वयन गर्न सकिने बताए

घोषणापत्र पूर्णपाठको लागि यहाँ क्लिक गनुहोस 

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार १६:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८